
काठमाडौँ । दक्षिण एशियाली चलचित्र महोत्सव– २०८० मा ‘सतीदेवी’ सर्वोत्कृष्ट भएको छ।
क्याराभान नेपालको आयोजनामा चितवनको सौराहामा माघ १८ देखि २२ गतेसम्म सञ्चालित महोत्सवमा लक्ष्मण सुवेदीद्वारा निर्देशित नेपाली चलचित्र ‘सतीदेवी’ सर्वोत्कृष्ट घोषित भएको हो। उपाधिसँगै सतीदेवीले ५० हजार रूपैयाँ पुरस्कार पाएको छ। यही चलचित्रबाट निर्देशक सुवेदीले वरिष्ठ निर्देशक स्वर्गीय शिव रेग्मीको नाममा समर्पित ‘शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक’ अवार्ड समेत जित्नुभएको छ ।
महोत्सवमा निर्देशक सुवेदीलाई स्वर्गीय रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा अभिषेक रेग्मीले अवार्ड प्रदान गर्नुभएको हो। महोत्सवमा उत्कृष्ट वृत्तचित्र अवार्ड डा सचिन घिमिरे र गौरव केसीद्धारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले पाएको छ । वृत्तचित्रले उपाधिसँगै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
उत्कृष्ट लघु चलचित्रको अवार्ड प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले पाएको छ । त्यो लघु चलचित्रले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उत्कृष्ट सम्पादक ‘नांगो गाउँ’का बनिशा शाहले जित्नुभएको छ।
सिनेमाटोग्राफरको उपाधि ‘बिच्छेद’बाट संकल भुजेलले प्राप्त गर्नुभएको छ । चलचित्रबाट उत्कृष्ट चलचित्र लेखनको उपाधि सत्यराज चौलागाई र मुकुन भुसालले प्राप्त गर्नुभएको छ । ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले पाएको छ।
महोत्सवमा दक्षिण एशियाली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएका थिए । त्यस मध्ये २० चलचित्र प्रदर्शन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति