
काठमाडौंँ । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा जितसँगै नामिबियाले दुई अङ्क जोडेको छ । जितका लागि नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव एक ओभरमा छ विकेट गुमाउदै पूरा गर्यो ।
नामिबियाको जितमा जान फ्रिलिङ्कले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । त्यसैगरी जान निकोल लोफिट इटनले ३१ रन बनाए भने मिचेल भान लिङगेनले २३ रन बनाए । त्यस्तै निकोलास डाभिनले १५ रन जाडे ।
बलिङतर्फ नेपालका सोमपाल कामीले तीन र ललित राजबंशीले दुई विकेट लिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय ३२ रनमा समेटिएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बल खेल्ने क्रममा दुई चौका र एक छक्का पनि प्रहार गरे । त्यस्तै गुल्शन झाले २१ रन बनाए । उनले ३१ बल खेल्दै तीन चौका प्रहार गरे र ३८ बल खेलेका करण केसीले तीन चौकाको सहयोगमा १६ रन बनाए ।
कप्तान रोहितकुमार पौडेल १३ बल खेल्दै एक रन मात्रै बनाउन सके भने कुशल मल्लले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा १५ रन बनाए । सोमपाल कामी दुई रनमा आउट हुँदा कुशल भुर्तेलले खाता खोल्न सकेनन् । त्यसैगरी पवन शर्राफले १२, अनिल शाहले आठ तथा आशिफ शेखले चार रन बनाए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका जजेरार्ड एरास्मस पाँच विकेट चट्काए । त्यस्तै ज्याक ब्रासेल र रुबेन ट्रम्पलम्यानले समान दुई-दुई विकेट लिए ।
अब नेपालले आफ्नो दोस्रो खेल शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति