
कर्णाली । नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ ।
पृतना हेडक्वाटरले सुर्खेतमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी फागुन १२ गते शनिबार वीरेन्द्रनगरमा दौड प्रतियोगिता गर्ने जनाएको छ । कार्यक्रममा पृतनापति कृष्णदेव भट्टले नेपाली सेनाले राष्ट्रिय विकास, प्रकृति संरक्षण र विपद्लगायतका क्षेत्रमा काम गर्दै आएको जनाउँदै पछिल्लो समयमा पत्रकार, नागरिकसँग सम्बन्ध बढाउन जनहितका गतिविधि गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘सेनाले विपद् जोखिममा मात्र काम गरेको छैन, यसले स्वास्थ्य शिविर सञ्चालन, रक्तदान, हेलिप्याड, प्रतिक्षालय, पुल तथा विद्यालय भवन निर्माण र नागरिक सचेतना तथा राष्ट्रिय हित हुने कार्यक्रम पनि गर्दै आएको छ, हामीले सेना र प्रेसबीचको अन्तरसम्बन्धमा अभिवृद्धि तथा जानकारी आदानप्रदान गर्ने ध्येयले पत्रकार भेटघाट कार्यक्रम गरेका हौँ ।’
महासेनानी सुवास खड्काले नेपाली सेनाले संविधानप्रदत्त र जङ्गीअड्डाद्वारा निर्देशित कार्यक्रम गर्दै आएको बताउनुभयो । ‘उत्तर–पश्चिम पृतनाले कर्णालीका आठ र लुम्बिनीका दुई जिल्ला गरेर ३१ हजार ८ सय ९६ वर्ग किलोमिटर क्षेत्रफलको उत्तर–दक्षिणका जिल्ला हेर्दै आएको छ’ महासेनानी खड्काले भन्नुभयो, “जाजरकोट भूकम्पका बेला १ हजार १४ नेपाली सेना परिचालन गरी विपद् प्रतिकार्य, खोज तथा उद्धारका काम गरिएको थियो ।’
उहाँले फागुन १२ गते कक्षा ८ देखि १२ सम्मका लागि महिला र पुरुष पाँच किलोमिटर, खुला पुरुष तथा महिला दौड १० किलोमिटर र हाफ म्याराथन २१ किलोमिटर, खुला पुरुष दौड प्रतियोगिता हुने बताउनुभयो । महासेनानी खड्काका अनुसार पाँच किलोमिटरमा भाग लिएर प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई क्रमशः दश, पाँच र तीन हजार रुपैयँँ पुरस्कार दिइनेछ ।
१० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई २०, १५ र १० हजार रुपैयाँ तथा २१ किलोमिटर हाफ म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई ३५, २५ र १५ हजार रुपैयाँ पुरस्कार दिइने उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति