
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानका लागि केन्द्रीय पदाधिकारीसहितका नेताहरुलाई बागमती प्रदेशको विभिन्न ठाउँमा खटाएको छ ।
सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न केन्द्रीय पदाधिकारीसहितका नेताहरुलाई विभिन्न ठाउँको जिम्मेवारी प्रदान गरिएको बागमती प्रदेश अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य सावित्रा भुसालले जानकारी दिनुभएको छ ।
बागमती अध्यक्ष भुसालका अनुसार सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौँको जिम्मेवारी प्रदान गरिएको छ ।
केन्द्रीय नेताहरू ध्रुव विष्ट (भक्तपु) शिव देउजा (काभ्रेपलाञ्चोक) भगवती नेपाल (सिन्धुपाल्चोक), शिव भण्डारी (दोलखा) देवशङ्कर पौडेल (रामेछाप), गङ्गा नेपाल (सिन्धुली), ललित बस्नेत (मकवानपुर), केशवलाल श्रेष्ठ (चितवन) राजेन्द्र लोहनी (नुवाकोट) साङ्गेतेम्बा लामालाई (रसुवा) को जिम्मेवारी तोकिएको बागमती भुसालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति