
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई जितका लागि १ सय ३३ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र जोड्न सफल भयो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।
करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए । पवन शर्राफले १२ रन बनाए । नामिबियाका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिए ।
ओपनर कुसल भुर्तेलाई शुन्य रनमा गुमाएको नेपालले पहिलो पावर प्ले भित्र ४ विकेट गुामएको थियो ।
एकदिवसीय विश्वकप छनोटका लागि महत्त्वपूर्ण मानिएको यस सिरिजमा नेपाललाई सबै खेल महत्त्वपूर्ण रहेको छ ।
अहिले नामिबिया १३३ रनको लक्ष्य लिएर व्याटिङ गर्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति