
काठमाडौँ । आसन्न महासमिति भेलाबारे छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने तय भएको छ । त्यसबारेमा छलफल गर्न पार्टी मुख्यालयमा दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
बैठकमा आगामी महासमिति बैठकका विषयमा केन्द्रित रहेर छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो । कांग्रेसले बुधबार मात्र पत्रकार सम्मेलन गरेर महासमितिको बैठकको तयारीका बारेमा जानकारी गराएको थियो ।
पार्टी उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेश गर्न लागिएको जनाइएको छ ।
पार्टी महामन्त्री गगन थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसाययिक राजनीतिक परिस्थितीको बारेमा प्रतिवेदन पेश गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसले बैठकमा उपस्थित हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति