
काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।
२०२७ सम्म चल्ने लिग-२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो प्रतिस्पर्धीका रुपमा रहेको नामिबिया एकदिवसीय वरीयतामा नेपालभन्दा एक स्थान पछाडि छ। नेपाल १५ औं स्थानमा रहँदा नामिबिया १६ औं स्थानमा छ।
पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपाल घरेलु मैदान, दर्शक, कन्डिसन र आफ्नो उच्च लयलाई निरन्तरता दिंदै विजयी सुरुआत गर्ने सोचमा हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले गर्नेछन् । नेपालले यसै साता क्यानडासँग तीन ओडीआई खेलको सिरिज खेल्दै क्लिन स्विप गरेको थियो । त्यसैले नेपालको मनोबल उच्च छ ।
नेपालले नामिबियाविरुद्ध पछिल्ला पाँचमध्ये दुई खेल जित्दा दुई खेल गुमाएको थियो । एउटा खेल भने नतिजाबिहीन बनेको थियो। नामिबियाविरुद्ध कीर्तिपुरमा खेलेका पछिल्लो दुई खेल नेपालले जितेको छ ।
अघिल्लो संस्करणको लिग-२ मा शीर्ष तीनमा रहँदै नेपालले विश्वकप छनोट खेलेको थियो।
नेपालले पूर्वघोषित टोलीमा दुई परिवर्तन गर्दै सिरिजको अघिल्लो दिन खेलाडीको नाम सार्वजनिक गरेको छ। क्यानडाविरुद्धको सिरिजमा सानदार शतक र कीर्तिमानी अर्धशतक बनाएका अनिल साह र यू-१९ विश्वकपमा टोलीलाई सुपर सिक्ससम्म पुऱ्याएका कप्तान देव खनालले टोलीमा स्थान बनाएका छन् । अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।
नेपालका कप्तान रोहित पौडेलले यो साइकलमा राम्रो गर्न आवश्यक रहेको बताएका छन् । कप्तान पौडेलले नेदरल्यान्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली रहेकाले यो श्रृंखला रोमाञ्चक हुने आशा व्यक्त गरेका छन् । आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य रहेको कप्तान पौडेलको धारणा छ ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।
नामिबियाको टोली
जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिथ (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि(इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे र मलान क्रुगर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति