
काठमाडौँ । अन्य समयको तुलनामा चिसो हुने महिना पुस र माघमा सङ्ख्यात्मक रूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ ।
विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकी दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुलेसमेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा केही कलाकार चलचित्र छायाङ्कनमा व्यस्त छन् । मनाङबाट चलचित्र ‘खुस्मा’को पहिलो तालिकाअन्तर्गतको छायाङ्कन भइसकेको छ । हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन शुरु गरिएको जानकारी दिँदै निर्देशक अशोक थापामगरले बाँकी दृश्य चाँडै खिचिने बताउनुभयो ।
चलचित्रमा अभिनेता धीरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन, खड्गबहादुर पुन तथा अरुण मगरलगायतका कलाकारले अभिनय गरिरहनुभएको छ। जेठमा प्रदर्शन गर्ने तयारीअनुरुप चलचित्र ‘पुजार सार्की’ छायाङ्कन कास्कीको कास्कीकोटबाट शुरु गरिएको छ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा सङ्घर्षको कथा रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरिरहनुभएको छ ।
‘जाडोकै महिना भए पनि हाम्रो छायाङ्कनस्थल र कलाकारको समयका कारण यही समय उपयुक्त मानिएको हो, पहिला पनि मैले जाडोको समयमा चलचित्रको काम गरेको छु, चिसोको प्रभाव नपर्ने होइन, तर हाम्रा लागि अनुकूल समय यही हो’ निर्देशक राउतले भन्नुभयो ।
विकास सुवेदीको लेखन रहेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा लगायतका कलाकारले अभिनय गरिरहनुभएको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायाङ्कन गरिरहनुभएको छ ।
चलचित्र ‘फर्कीफर्की’ को छायाङ्कन पोखरापछि काठमाडौँमा भइरहेको छ । बाँकी दृश्य अन्नपूर्ण बेसक्याम्प र इन्डोनेसियाको बालीमा खिच्ने तयारीमा निर्माण पक्ष छ । रोहित अधिकारीको निर्माण तथा सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे लगायतका कलाकारले अभिनय गरिरहनुभएको छ ।
उल्लेखित चलचित्र प्रदर्शन मिति तय गरिनुका साथै कलाकारले उपलब्ध गराएको समयको कारण पनि चिसो समयमा छायाङ्कनरत छन् । केही चलचित्रका बाँकी छिटफुट छायाङ्कन पनि भइरहेका छन् । प्रदर्शन मिति तय हुँदा समयमै काम सकाउनु पर्ने दबाब निर्माण पक्षलाई हुने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा