
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनकारी एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ ।
उनान्तीसौँ सशस्त्र युद्ध दिवसका अवसर पारेर मंगलबार दाङ र बर्दियाबाट पार्टीमा पार्टीमा प्रवेश गर्ने राजनीतिक÷सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै उहाँले परिवर्तनकारीको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताउनुभएको हो ।
‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’ प्रधानमन्त्रीले भन्नुभयो– ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजावाद निर्माणको धारको नेतृत्वमा हामीले गरिरहेका छौँ ।’ परिवर्तनलाई उल्ट्याउन खोज्नेहरु पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका उल्लेख गर्दै उहाँले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन सबै परिवर्तनकारी एक ठाउँमा आउने बेला भएको बताउनुभयो ।
विगतमा माओवादी आन्दोलनमा रहेकाहरुबीच संस्थागतरुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यससँगसँगै व्यक्तिगत रुपमा पनि क्रान्तिकारी ध्रुवीकृत भइरहेको बताउनुभयो । सशस्त्र युद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता, कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रवीकरणमा सामेल हुनुपर्नेमा पनि उहाँले जोड दिनुुभयो ।
ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकामा धन्यवाद दिँदै अध्यक्ष दाहालले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले पार्टी विधान र दस्तावेजहरूमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गर्नुभयो ।
कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेता पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मास्की, सुरेश पन्त लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति