
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले आ–आफ्नो प्रदेशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनुभएको छ ।
बैठकमा प्रदेशका ‘इञ्चाजर्’ र अध्यक्षहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा जानकारी गराउनुभएको पार्टीका सचिव गणेश साहले राससलाई जानकारी दिनुभयो । बैठकमा कोशी प्रदेशका इञ्चार्ज चक्रपाणी खनाल र अध्यक्ष हर्कबहादुर नेम्वाङ, मधेस प्रदेशका इञ्चार्ज लिलामणि पोखरेल, बागमती प्रदेशका इञ्चार्ज जनार्दन शर्मा र अध्यक्ष सरल सहयात्री पौडेल, गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेल र अध्यक्ष गायत्री गुरुङले ‘जनतासँग माओवादी विशेष अभियान’ का सन्दर्भमा ‘रिपोर्टिङ’ गर्नुभएको थियो ।
यसैगरी कर्णाली प्रदेशका इञ्चार्ज मातृकाप्रसाद यादव, उपत्यका विशेष प्रदेशका इञ्चार्ज वर्षमान पुन, सम्पर्क समन्वय समितिका इञ्चार्ज गिरिराजमणि पोखरेल प्रवास समितिका इञ्चार्ज सुरेन्द्र कार्कीले अभियानको बारेमा बैठकलाई जानकारी गराउनुभएको थियो । बैठकमा लेखा आयोगका संयोजक पेशल खतिवडा, अनुशासन आयोगका अध्यक्ष टङ्क राईले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
रिपोर्टिङका क्रममा उहाँहरुले अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको, पार्टीमा पुनः जीवन प्राप्त भएको बताउनुभएको थियो । पार्टी कमजोर अवस्थामा रहेका प्रदेश र जिल्लामा निरन्तररुपमा अभियान चलाउनुपर्ने उहाँहरुको कथन थियो । प्रदेशका इञ्चार्जको रिपोर्टिङ सकिएकाले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो धारणा प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा ‘जनतासँग माओवादी विशेष अभियान’ मा प्राप्त सुझावका बारेमा रिपोर्टिङ गर्ने क्रम सुरु भएको र बैठक पुनः सोमबार पनि बस्ने सचिव साहले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक विषय बाहेक पार्टीको काम र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।
माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।
माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले प्रस्ताव गरेको विधानमा माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति