+

एकीकृत समाजवादीले १० जिल्ला कार्य समितिलाई पुरस्कृत गर्ने

काठमाडौँ । सत्तारुढ दल  नेकपा एकीकृत समाजवादीले १० जिल्ला कार्य समितिलाई पुरस्कृत गर्ने भएको छ । 

एकीकृत समाजवादीले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मूल्याङ्कनका आधारमा १० जिल्ला कायै समितिलाई पुरस्कृत गर्न लागेको हो । 

सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षण लगायत कार्यक्रम गरिने  एकीकृत समाजवादीले जनाएको छ । ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला  पुरस्कृत हुने जनाइएको छ । 

महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण अभियानलाई थप गतिशील बनाउन यस किसिमको कार्यक्रम ल्याइएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभएको छ ।  माघ २५ देखि चैत २५ गतेसम्म देशभर सञ्चालन हुने त्यो अभियान समाप्त भएलगत्तै जिल्लाको छनोट गरी पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो ।  पार्टीले सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय तोकेको छ ।

आगामी जेठमा हुने महाधिवेशनका लागि  वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएकाले केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी लगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्यक्षेत्रका सदस्यलाई जानकारी गराउन पार्टीले निर्देशन दिएको छ । महाधिवेशनमा सहभागिताका लागि पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै