
कास्की। पोखरामा सञ्चालन भएको ‘बगर भाइखलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड’ फुटबल प्रतियोगितामा पोखराको सङ्गम भेट्रान र काठमाडौँको जोरपाटी भेट्रान च्याम्पियन बनेका छन् ।
पोखराको टुँडिखेलस्थित खेलमैदानमा आज सम्पन्न फाइनलमा प्रतियोगिताको ४० वर्ष उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समूहमा सङ्गम च्याम्पियन बनेका हुन् ।
प्रतियोगिताको ४० वर्षमाथिको फाइनल खेलमा जोरपाटीले नागस्वेती भेट्रान हेटौँडालाई सडन डेथमा हराउँदै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा समेत समान दुई–दुईको बराबरीपछि सडनडेथमा खेलको निर्णय गरिएको हो । सडन डेथसम्म पुग्दा १०–१० पेनाल्टी प्रहार भएको थियो । च्याम्पियन बनेको जोरपाटीले रु दुई लाख नगदसहित ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता नागस्वेतीले रु एक लाख पुरस्कार पायो ।
यसैगरी प्रतियोगिताको ५० वर्षमाथिको फाइनलमा आयोजक बगर भाइखलकमाथि २–१ को कठिन जित निकाल्दै सङ्गमले उपाधि चुमेको हो । उपाधिसँगै सङ्गमले नगद रु एक लाख प्राप्त गर्दा बगरले रु ५० हजार पुरस्कार पायो ।
नागस्वेतीका कृष्ण शाक्य प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद रु १५ हजारसहित ट्रफी पुरस्कार पाए । उत्कृष्ट गोलरक्षक जोरपाटीका छिरिङ लामा घोषित भए । उनी प्रतियोगिताको ‘म्यान अफ दी म्याच’समेत घोषित भए ।
उत्कृष्ट मिडफिल्डर जोरपाटीकै रन्जित लामा, प्रशिक्षक जोरपाटीका बुद्ध लामा, उत्कृष्ट फरवार्ड नागस्वेतीका निमा लामा र डिफेन्डरमा नागस्वेतीका सन्तोष बस्नेत घोषित हुँदै जनही रु पाँच–पाँच हजार पुरस्कार पाए ।
प्रतियोगिताको ६० वर्ष उमेर समूहमाथिको प्रतिस्पर्धामा आयोजक टोली च्याम्पियन बनेको थियो । च्याम्पियन टोलीले रु ५० हजार प्राप्त गरेको छ । बगर भाइखलकले यसअघिका संस्करणमा ४० वर्षमाथि उमेर समूहको मात्र प्रतियोगिता गराए पनि हाल तीन विधामा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ४० वर्षमाथि उमेर समूह, ५० वर्षमाथि उमेर समूह र ६० वर्षमाथि उमेर समूहको प्रतिस्पर्धा गराएको हो ।
संस्थाले समाजका प्रत्येक क्षेत्रका व्यक्तिलाई स्वास्थ्यप्रति जागरुक बनाई आफ्नो स्वास्थ्यका लागि दिनमा कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्दछ भन्ने सन्देशसहित प्रतियोगितालाई निरन्तरता दिएको आयोजक बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्देश्य युवा पिँढीलाई खेलकुदप्रति आकर्षित गर्नु रहेको आयोजकले जनाएको छ । अग्रजलाई सम्मान, समकालीनलाई व्यायाम र अनुजलाई खेल स्वास्थ्यप्रति जागरुक बनाउनु हाम्रो उद्देश्यसहित संस्थाले गतिविधि गर्दै आएको छ ।
यही माघ २१ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पोखरासहित भारतको देहरादुन, काठमाडौँ, ललितपुर, चितवन, सिरहा, हेटौँडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको थियो । बगर भाइखलकले विसं २०६८ देखि निरन्तर भेट्रान फुटबल सञ्चालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो