
काठमाडौँ । नेपाल र क्यानडाबीच जारी तीन दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेल आज त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुदै छ । श्रृंखलाको पहिलो खेलमा ७ रनको रोमाञ्चक जित निकालेको नेपाली टीम दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने उदेश्यका साथ मैदानमा उत्रर्नेछ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।
नेपाल र क्यानडाबीचको आजको बिहान ९ः१५ बजेबाट शुरु हुनेछ।
क्यानडा एकदिवसीय शृङ्खला खेल्न पहिलोपटक नेपाल आएको हो। नेपाल र क्यानडाबीच पहिलोपटक एकदिवसीय मान्यताप्राप्त शृङ्खला हुन लागेको हो। २ वर्ष अगाडि नेपालले क्यानडाको भ्रमण गरेको थियो। यद्यपि त्यो समय क्यानडाको एकदिवसीय मान्यता गुमिसकेको थियो। गत वर्ष क्यानडाले पुनः एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।
क्यानडाविरुद्धको शृङ्खलाका लागि नेपाली टिममा नयाँ अनुहारलाई प्राथमिकता दिइएको छ। हालै यू–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दले क्यानडाविरुद्धको शृङ्खलामा मौका पाएका छन् । यस्तै, प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका बलहरु रिजन ढकाल र सूर्य तामाङसहित हेमन्त धामीलाई पनि समावेश गरिएको छ। यद्यपी क्यानडाविरुद्धको पहिलो शृङ्खलामा आकाश चन्द र हेमन्त धामी बेञ्चमा बसेका थिए । रिजन ढकाल र सूर्य तामाङले भने क्यानडाविद्धको पहिलो एकदिवसीय श्रंखलामा डेब्यु गरेका थिए ।
बिहिवार सम्पन्न पहिलो खेलमा कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई २२४ को सामान्य योगफलमा समेटेको थियो । नेपालले प्रस्तुत गरेको २ सय २५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडा ४७।५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १७ रनमा सीमित भयो ।
क्यानडाका लागि निकोलस कीर्तनले ९९ बलमा ७ चौकाको मद्दतमा ६८ रन बनाए भने पर्गत सिंहले ५० र हर्श थाकरले ३२ रनको योगदान दिए । तर अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा पहिलो खेलमा नेपाल बिजयी भएको थियो ।
नेपालका लागि कप्तान पौडेल एक्लैले चार र ललित राजबंशीले दुई विकेट लिए । त्यसैगरी सोमपाल कामी, रिजन ढकाल, पवन शर्राफ र कुशल मल्लले समान एक(एक विकेट लिए ।
जितसँगै नेपाल तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
नेपाल र क्यानडाबीच अन्तिम खेल सोमबार हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति