
कालिकोट । कालिकोटमा कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिता शुरु भएको भएको छ । खाडाँचक्र नगरपालिका–१ मा रहेको खेलकुद विकास समितिको कबर्डहलमा प्रतियोगिता भएको हो ।
कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलको उद्घाटन गर्दै खेलकुद राष्ट्रको गौरवको विषय र खेलाडी गहना भएको कर्णाली बताउनुभयो । उहाँले प्रदेशस्तरीय खेलकुद कालीकोटमा हुनु गौरवको विषय भएको बताउनुभयो । ‘खेलकुद राष्ट्रको पहिचान हो । खेलाडी देशका गहना हुन्’ उहाँले भन्नुभयो– ‘देशको राम्रो छवी बनाउन खेलको भूमिका महत्वपूर्ण हुन्छ । खेलाडीले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गरेका हुन्छन् ।’
उद्घाटन कार्यक्रममा खेलकुद विकास समितिका सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुन लागेको भन्दै उक्त प्रतियोगितामा विभिन्न खेल खेलाउन तयारी भइरहेको बताउनुभयो । ‘खेलकुद प्रतियोगिता नजिकिएपछि हतारमा तयारी गर्ने हाम्रो बानी नै बनेको छ । अहिलेदेखि दशौँ खेलकुदको व्यापक तयारी गरेका छौँ’ उहाँले भन्नुभयो– ‘त्यसका लागि यो अभ्यास खेल पनि हुनसक्छ ।’
आजदेखि शुरु भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने कालीकोट ब्याटमिन्टन सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ५१ हजार १ सय ११ रुपैयाँ को प्रथम पुरुस्कार, दोस्रो पुरुस्कार र ३१ हजार १ सय ११ रुपैयाँ र र १५ हजार १ सय ११ रुपैयाँ तेस्रो पुरुस्कार रहेको छ ।
जिल्लामा रहेका ९ वटा स्थानीय तहको आर्थिक सहयोगमा ब्याटमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति