
काठमाडौँ । कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको खेलमा सात रनको रोमाञ्चक जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई सामान्य योगफलमा समेटे पनि जित भने दर्ता गर्न सकेन ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको दुई सय २५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडा ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय १७ रनमा सीमित भयो ।
क्यानडाका लागि निकोलस कीर्तनले ९९ बलमा सात चौकाको मद्दतमा ६८ रन बनाए भने पर्गत सिंहले ५० र हर्श थाकरले ३२ रनको योगदान दिए । तर अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा पहिलो खेलमा जित दर्ता गर्नबाट चुक्यो ।
पहिलो विकेट १९ रनमा गुमाएको क्यानडाले दोस्रो विकेट ३५ को अवस्थामा गुमायो । त्यसपछि निकोलस कीर्तन र पर्गत सिंहले पारी सम्हाल्दै तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पु¥याए ।
चौथो विकेटका लागि निकोलस कीर्तन र हर्श थाकरले ६० रनको साझेदारी गर्दा क्यानडा एक सय ७४ रनको बलियो अवस्थामा पुग्यो । यो अवस्थामा क्यानडालाई जितका लागि १७ ओभरमा ५१ रनको आवश्यक थियो । खेल पूर्णरुपमा क्यानडाको पक्षमा ढल्किसकेको थियो ।
त्यसपछि क्यानडाको पारी बिग्रियो । उसले थप ४३ रन बनाउँदा बाँकी छ विकेट गुमाउन पुग्यो । क्यानडाको पौँचौ विकेट एक सय ८९ रनमा गुम्यो भने छैँटौ विकेट एक सय ९५ रन छँदा गुम्यो । साथै सातौ र आठौँ विकेट दुई सय सात रनमा, आठौँ र नवौँ विकेट दुई सय १२ रनमा र अन्तिम विकेट दुई सय १७ रनमा गुमायो ।
नेपालका लागि कप्तान पौडेल एक्लैले चार र ललित राजबंशीले दुई विकेट लिए । त्यसैगरी सोमपाल कामी, रिजन ढकाल, पवन शर्राफ र कुशल मल्लले समान एक/एक विकेट लिए ।
जितसँगै नेपाल तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर ५० ओभरमा अलआउट हुँदा दुई सय २४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुशल भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए ।
त्यस्तै आशिफ शेख र रोहित पौडेलले समान आठ/आठ रन मात्रै बनाए । भीम सार्कीले १७, कुशल मल्लले २०, आरिफ शेखले ३८, पवन शर्राफले १५, सोमपाल कामीले २७, सूर्य तामाङले १० तथा रिजन ढकालले चार रन बनाए ।
नेपाललाई अलआउट गर्ने क्रममा क्यानडाका उदय भागवानले तीन विकेट लिए भने साद विन जफर र इश्वरजित सोहीले समान दुई/दुई विकेट लिए । त्यस्तै हर्श थाकर र शाहिद अहमदजाइले समान एक/एक विकेट झारे ।
आगामी फागुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको शृङ्खला सुरु हुनुअघि नेपाललले क्यानडासँग तीन खेलको एकदिवसीय शृङ्खला खेलेको हो ।
नेपाल र क्यानडाबीचको दोस्रो खेल यही माघ २७ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति