
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले चौधौँ हिउँदे गाउँसभाबाट आठ विधेयक पारित गरेको छ । बिहीबार भएको हिउँदे गाउँसभाले कार्यालयको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न आठवटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी पारित गरेको हो ।
पारित भएका विधेयकमध्ये भू–उपयोग कार्यान्वयन कार्यविधि, २०८०, भूमि व्यवस्थापन ऐन, दिवाखाजा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, एमबिबीएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि, गरिबी निवारण कोष व्यवस्थापन कार्यविधि, तातोपानी गाउँपालिकाको नक्सा पाससम्बन्धी कार्यविधि, सडक आश्रित सहयोगापेक्षी मानव उद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि र स्थानीय तह युवा विकास समिति नियमावली कार्यविधि पास भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिनुभयो ।
विभिन्न समयमा प्राकृतिक प्रकोप, भूकम्प बाढीपहिरोलगायत अन्य कारणले बर्सेनि भौतिक संरचनाको क्षति हुँदै आएकाले सो कुरालाई मध्यनजर गर्दै चालु आवदेखि पालिकाको सम्पूर्ण घरका लागि बीमा कार्यक्रम शुरु गरी हालसम्म आठ सय घरधुरी घरबीमा कार्यक्रमबाट लाभान्वित भएका गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।
गाउँपालिकाले चालु आवमा गाउँसभामार्फत पुँजीगत र चालु शीर्षकमा कुल ५५ करोड ६० लाख २५ हजार बराबरको बजेट ल्याएको थियो । जसमा पुँजीगततर्फ र १८ करोड १९ लाख ५६ हजार बजेट विनियोजित भएको थियो । चालु आवको साउनदेखि माघसम्मको सात महिनामा पुँजीगत बजेटको दुई करोड ६८ लाख ५३ हजार गरी कुल बजेटको १४ दशमलव ७५ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार चालुतर्फ ३७ करोड ४० लाख ६९ हजारमध्ये १४ करोड ७३ लाख पाँच हजार गरी कुल चालु बजेटको ३९ दशमलव ३७ प्रतिशत खर्च गर्न भएको छ ।
सातवटा ठूला ठेक्कामार्फत सञ्चालन हुने आयोजना पालिकाले सम्झौता गरी काम अगाडि बढाएको अध्यक्ष चौलागाईँले बताउनुभयो । उहाँका अनुसार पालिकाका आठवटै वडामा सञ्चालन हुने वित्तीय समानिकरण अनुदानअन्तर्गतका जम्मा ७६ आयोजना तथा कार्यक्रममध्ये ६१ वटाको सम्झौता सम्पन्न गरी करिब ८० प्रतिशत उपलब्धि हासिल भएको छ ।
प्रदेश सरकार सशर्त अनुदान शीर्षकअन्तर्गत १७ मध्ये १० वटाको सम्झौता कार्य सम्पन्न भएको छ । समपूरक र विशेष अनुदान शीर्षकका तीनवटा योजना सम्झौता गरी काम सञ्चालनका लागि अघि बढेको गाउँपालिका अध्यक्ष चौलागाईँले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना