
काठमाडौँ । नेपाल र क्यानडाबीचको हुने तीन दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा बिहिबार नेपालले क्यानडासंग प्रतिस्पर्धा गर्दैछ । त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा विहीबार शुरु हुने तीन दिवसीय श्रृंखलाका लागि क्यानेडीयन टोली काठमाडौँ आइपुगेको छ ।
नेपालले फेब्रुअरी ८, १० र १२ मा क्यानडासँग तीन दिवसीय श्रृंखला खेल्दैछ । त्यस्तै, नेपाल ए टोलीले पनि क्यानडासँग सिरिज खेल्ने तालिका छ । क्यानले केहि दिनमा त्यसको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।
सिरिजका लागि नयाँ अनुहार समेट्दै नेपालले १५ सदस्यीय राष्ट्रिय टोलीसमेत घोषणा गरिसकेको छ। क्यानडाविरुद्ध हुने तीन खेलको सिरिजमा ३ नयाँ अनुहारसहित ४ डेब्यु गर्न बाँकी रहेका खेलाडी टोलीमा रहेका छन्। टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।
त्यस्तै क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि १५ सदस्यीय टोली घोषणा गरेका छन् ।
क्यानेडीयन टोलीमा साद बिन जफर, आरोन जोन्सन, श्रीमान्थ विजयरत्ने, नवानित धलिवल, कलिम साना डिलो हेलिगर र पर्गत सिंहलगायत छन् ।
नेपाल र क्यानडाबीच हुने एकदिवसीय सिरिजका सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन्।
आईसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीस्वरुपमा नेपालले यो सिरिज आयोजना गर्न लागेको हो।
खेल नेपाली समय अनुसार विहान ९ः१५ बजे शुरु हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति