
झापा । प्रतिनिधिसभाकी पूर्वउपसभामुख शिवमाया तुम्वाहाम्फेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक (टिआरसी) पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी झापाले आज विर्तामोडस्थित नेत्रपार्कमा आयोजना गरेको २६औँ स्थापना दिवसको कार्यक्रममा उहाँले विधेयकमा मावनताविरुद्ध जघन्य अपराधमा छुट दिन नहुने धारणा राख्नुभयो ।
शान्ति प्रक्रियासँग जोडिएको संवेदनशील विषयमा सरकारले बहुमतका आधारमा विधेयक अनुमोदन गर्ने प्रयास नगर्न पूर्वउपसभामुख तुम्वाहाम्फेले सुझाव दिनुभयो । “पीडित पक्षको भावना के हो भन्ने कुरालाई बिर्सन हुँदैन,” उहाँले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायको सवालमा विधेयक पारित गर्दा सर्वोच्च अदालतको फैसलालाई समेत ध्यान दिनु पर्छ ।”
पूर्वउपसभामुख तुम्वाहाम्फेले सर्वोच्च अदालतको फैसलाअनुरुप पीडितमैत्री विधेयक ल्याउँदा सरकारले सबैको समर्थन पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “यो अन्तर्राष्ट्रियस्तरमै मानव अधिकारसँग जोडिएको विषय हो । बहुमतको नाममा मानव अधिकार हनन गर्न पाइँदैन ।”
यसैबीच प्रेस चौतारी झापाले स्थापना दिवसका अवसरमा संस्थाका पूर्वअध्यक्ष तोयानाथ दाहाललाई रु २५ हजारसहित सम्मान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए