
काठमाडौँ । सङ्गीतकार शम्भुजित बास्कोटाले वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्षि नातिकाजी एक कुशल सङ्गीतज्ञ साधक र नयाँ पुस्ताका लागि प्रेरणा हुनुहुन्छ भन्नुभएको छ ।
नातिकाजी स्मृति समाजका अध्यक्ष बास्कोटाले भन्नुभयो– उहाँ सङ्गीतमा गुणस्तरीयताका लागि कठोर व्यक्ति हुनुहुन्थ्यो, जसले नेपाली गीत–सङ्गीतलाई यो स्तरमा पु¥याउन योगदान गर्नुभयो । त्यसैले पनि उहाँ नेपाली नयाँ पुस्ताको प्रेरणा हुनुहुन्छ ।’
‘समकालीनसँगै नयाँ पुस्तालाई पनि उहाँले उत्तिकै अवसर दिनुहुन्थो । हामीले पनि उहाँबाट धेरै प्रेरणा लिन पाएका छौँ । सङ्गीतको वर्तमान पुस्ताले पनि उहाँबाट प्रेरणा लिइरहेको छ । मलाई लाग्छ नातिकाजी हिजोको मात्र नभएर आजको नाति पुस्तासम्म नै गीत–सङ्गीतको मुटुमा रहनुभएको छ’ अध्यक्ष बास्कोटाले भन्नुभयो ।
नातिकाजीको स्मृतिमा स्थापित यस समाजले नेपालका स्रष्टाहरुलाई सम्मान प्रदान गर्नाका साथै उहाँको योगदानका बारेमा विविध कार्यक्रम गर्दै आएको छ । उहाँको ९९औँ जन्मजयन्तीका अवसरमा आज विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमपछि उहाँले नातिकाजीले नेपालको गीत–सङ्गीतका क्षेत्रमा गरेको योगदानको स्मरण गर्नुभयो ।
अवसरमा उहाँले नातिकाजीको सङ्गीतबारे व्यापक अनुसन्धान गरी उहाँका कालजयी गीतसङ्गीतको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बास्कोटाका अनुसार नातिकाजीकै प्रयासमा रेडियो नेपालमा सङ्गीत सङ्ग्रहालय निर्माण भएको थियो ।
१९८२ साल पुस ३ गते ललितपुरको पुल्चोकमा जन्मिनुभएका नातिकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक गीत, भजन, गीतिनाटक, नाटक तथा चलचित्रका गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँले ‘नेपाली हामी रहाँैला कहाँ नेपाली नरहे’, ‘आजै र राति के देखेँ सपनीमा’, ‘फुलको थुँगा बगेर गयो गङ्गाको पानीमा’, ‘सान्ननीको गालैमा कालो कोठी रैछ’, ‘तिरिरी मुरली बज्यो वनैमा’ जस्ता चर्चित गीतमा सङ्गीत दिनुभएको छ । उहाँको निधन २०६० साल कात्तिक १६ गते भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए