
चितवन । रोटरी क्लब अफ रत्ननगरले यहाँको समग्र पर्यटन प्रवर्द्धन गर्न ‘मिनी म्याराथन’ आयोजना गर्ने भएको छ । महिला र पुरुष दुई समूहमा म्याराथन गर्न लागिएको हो ।
आयोजक संस्थाले सोमबारपत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी दिएको छ । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन दौड आयोजना गर्न लागिएको हो । कार्यक्रम संयोजक विपीन पोखरेलले प्रतियोगितामा दुई किसिमबाट खेलाडी (धावक)ले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो । उहाँका अनुसार १४ दशमलव पाँच किमीको खुला प्रतियोगिता र पाँच किमी दूरीको महिला लक्षित प्रतियोगिता हुनेछन् । १४ दशमलव ५ किलोमिटरको खुला प्रतियोगिता नारायणी नदी किनारबाट सुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ । पाँच किलोसमिटर दूरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जङ्गल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ ।
प्रतियोगितामा राष्ट्रिय धावक (खेलाडी) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकसमेतको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । साथै सिमान्तकृत चेपाङ समुदायका धावकलाई विशेष प्रोत्साहन गरिने उहाँको भनाई छ ।
प्रतियोगितामा चार सय हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाको पहिचान एवं प्रवद्र्धन गर्ने उद्देश्यबाट यो मिनी म्याराथन आयोजना गर्न लागिएको हो ।
रोटरी डिस्ट्रिक तीन हजार दुई सय ९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर सुरेन्द्र रेग्मीका अनुसार १५ दशमलव पाँच किमीतर्फको प्रतियोगितामा प्रथम हुनेलाई एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथो हुनेलाई १० हजार, पाँचौँ हुनेलाई पाँच हजार र छैटौँदेखि १०औँ सम्मलाई तीन हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरिनेछ ।
दूरी पूरा गर्ने सबै चेपाङलाई दुई हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको छ । यसैगरी पाँच किमी महिला लक्षित प्रतियोगितातर्फ प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १० हजार, तेस्रो हुनेलाई पाँच हजार, चौथो हुनेलाईतीन हजार, पाँचौँ हुनेलाई दुई हजार पाँच सय, छैटौँदेखि १०औँलाई एक हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । दूरी पूरा गर्ने महिला चेपाङलाई एक हजार रुपैयाँ प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति