
पर्वत । मगर समुदायको संस्कृति, परम्परा र भेषभूषाको संरक्षणका लागि सङ्ग्राहलय निर्माण गर्ने उद्देश्यले पर्वतमा राष्ट्रिय मगर महोत्सव आयोजना गरिने भएको छ ।
फागुन १५ गतेदेखि २६ गतेसम्म मगर महोत्सव आयोजना गरिने भएको हो । पर्वतमा सामाजिक गतिविधिमा सक्रिय मगर समुदायको साझा संस्था पुन युवा क्लबले ४२औँ मगर दिवसका अवसरमा तेस्रोपटक मगर महोत्सव गर्न लागिएको हो ।
‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यबद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरिने छ । प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ , द्वितीय हुनेले १लाख १ हजार १ सय ११ रुपैयाँ र तृतीय हुनेले ५० हजार १ सय ११ रुपैयाँँ प्राप्त गर्नेछन् ।
त्यसैगरी पालिकास्तरीय महिला भविबल, प्रौढ भलिबल, पुख्र्यौली नाच, रत्यौली र लोकभजनलगायतका प्रतियोगिता पनि आयोजना गरिनेछ । महोत्सवमा मगर समुदायको पहिचानका रुपमा रहेका सोरठी, सालैजो, यानिमाया, सुनिमाया लगायतको प्रस्तुति पनि रहनेछ ।
महोत्सव आयोजनाका लागि विभिन्न १८ उपसमिति गठन गरिएको छ । मूल संयोजक कृष्ण पुनले जानकारी दिनुभयो । महोत्सवमा विश्वकै दोस्रो अग्लो बञ्जी, जीपलाइन, केवुलकार, झोलुङ्गे पुलको अवलोकन, हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकाको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।
महोत्सवमा दुई सयभन्दा बढी व्यावसायिक प्रदर्शनी कक्ष रहने मूल संयोजक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सबवाट ७२ लाख रुपैयााँ आम्दानी हुने अपेक्षा गरिएको छ । ५३ लाख रुपैयाँ खर्च हुने अनुमान छ । महोत्सवबाट बचत हुने रकम नुमना मगर सङ्ग्रहालय निर्माणमा खर्च गरिनेछ ।
सङ्ग्रहालय निर्माणका लागि शिलान्यासपछि केही काम भए पनि बजेट अभावले काम सम्पन्न हुन नसकेको नेपाल मगर सङ्घका केन्द्रीय सदस्य सोम पुनले जानकारी दिनुभयो । यो क्लबले यसअघि देउसीभैलोमार्फत सङ्कलित रकम एम्बुलेन्स सेवा सञ्चालनका लागि खर्चिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति