
कञ्चनपुर । महेन्द्रनगरस्थित खुला मञ्चमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ हात पारेको छ ।
आज भएको फाइनलमा गण्डकी प्रदेश लाई ३–१ सेटले पराजित गर्दै एपीएफ उपाधि हात पारेको हो । उपाधि विजेता एपीएफले नगद रु चार लाख, प्रमाणपत्र र ट्रफी र उपविजेता गण्डकी प्रदेशले नगद रु दुई लाख, प्रमाणपत्र र ट्रफी हात पारेको हो ।
त्यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीलाई ३–१ सेटले पराजित गरेको हो । तेस्रो पुरस्कार प्राप्त गर्न सफल पुलिसले नगद रु एक लाखसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । त्यसैगरी, त्रिभुवन आर्मी क्लबले स्वान्तवना पुरस्कार रु ५० हजार प्राप्त गरेको छ ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा यही माघ १४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न आठवटा विधामा खेलाडीलाई पुरस्कार प्रदान गरेको भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बताउनुभयो ।
“सेमिफाइनलदेखिका चारवटा खेलमा आठ विधामा पुरस्कार प्रदान गरिएको छ”, उहाँले भन्नुभयो, “प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिएको छ ।”
प्रतियोगिताका उत्कृष्ट सर्भर एपीएफका खेलाडी हेमन्त मल्ल, उत्कृष्ट सेटर नेपाल पुलिस क्लबका इम राना, उत्कृष्ट स्पाइकरको उपाधि गण्डकी प्रदेशका खेलाडी रवि केसीले हात पारेका छन् । यसैगरी, उत्कृष्ट ब्लकरमा गण्डकी प्रदेशका इन्द्र बिके, उत्कृष्ट डिफेन्डर एपीफका विनोद चन्द, बेस्ट प्लेयर एपीफका विजय थापा, उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पजङ्ग मल्ल भएका छन् ।
प्रतियोगिताको उदयिमान खेलाडीको उपाधि सुदूरपश्चिमका अर्जुन नेपालीले प्राप्त गरेका छन् । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति