
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा विद्यार्थीलाई देशप्रति समर्पित हुन आह्वान गर्नुभएको छ ।
एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित ‘युवा महोत्सव’मा उहाँले देश निर्माणका लागि युवाको सहभागिताको आवश्यकता औँल्याउदै देशलाई प्रेम गर्न समेत आग्रह गर्नुभयो । “आफनो देशलाई माया गरौँ । म भाईबहिनीहरुलाई भन्न चाहन्छु कुनै पनि देश अर्काले आएर बनाइदिन्न, आफैले बनाउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले देशमा विद्यमान समस्या समाधानका लागि युवाको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गर्नुभयो । “हाम्रा अघि समस्या छन्, युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । यो समस्यासँग भाग्ने होइन जुधेर समाधान गर्ने हो”, उहाँले भन्नुभयो, “देशमा निरकुंश राजतन्त्र र पञ्चायती तानाशाह थियो त्यसविरुद्ध हामी भागेको भए अहिले लोकतान्त्रिक गणतन्त्र यहाँ आउदैन थियो ।”
देशको उत्पादन र उत्पादकत्व बढाएर सुदृढ हुनुपर्नेमा जोड दिँदै विप्रेषणमा भरपर्नु अर्थतन्त्रका लागि राम्रो नभएको अध्यक्ष ओलीको भनाइ थियो । उहाँँले युवालाई सहज ढङ्गले रोजगारी उपलब्ध गराउनेदेखि उद्यमशिलतातिर प्रेरित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले देशमा ज्येष्ठ नागरिकको सङ्ख्या बढदो र प्रजनन दर घटदै गएकोप्रति चिन्ता समेत प्रकट गर्नुभयो ।
महोत्सवमा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले राजनीतिमा युवाको सक्रिय सहभागितालाई जोड दिनुभयो । ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ सुरु महोत्सवले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवा शक्तिलाई समाज रूपान्तरणका दिशामा अभिप्रेरित गराउन सहयोग उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति