
काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आफूले बोल्नेभन्दा काम गर्नेतर्फ ध्यान दिने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पन्तले सम्पूर्ण ध्यान शिक्षकहरूको समस्या समाधान गर्न केन्द्रित गर्ने प्रतिक्रिया दिनुभएको हो ।
आफूले मन्त्रीका रूपमा सबै कुरा जानकारी नलिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु। यो समस्याको बारेमा जानकार त छु। तर, सबै विषयमा मैले राम्रोसँग जानकारी लिएको छैन। राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्नु त्यति उपयुक्त हुँदैन।’
शिक्षकहरूको सरोकारको विषयमा अहिलेसम्म काम गरेकाहरूलाई धन्यवाद दिँदै मन्त्री पन्तले आफूले काम गरेर देखाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब त बोल्नेभन्दा काम गर्ने हो। वार्ताबाट समस्या समाधान गर्ने प्रयत्न गर्छु, मेरो सम्पूर्ण ध्यान त्यसमा केन्द्रित हुनेछ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा