
कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवी) को सेवालाई कदर हुने गरी बजेट ल्याउने बताउनुभएको छ ।
नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ (नेभा) मा आवद्ध सुर्खेतस्थित स्वयंसेवीहरुको माग तथा सुझावपत्र आज सुर्खेत वीरेन्द्रनगरमा ग्रहण गर्दै उहाँले स्वयंसेवीहरुको सेवालाई सम्मान हुने बजेट ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।
नागरिकको स्वास्थ्य उपचार तथा प्रवद्र्धनमा स्वयंसेवीको भूमिका उल्लेखनीय रहेको बताउँदै उहाँले स्वयंसेवी महिलाहरुलाई राज्यका निकायबाट कदर हुन नसकेका बारेमा आफू जानकार जनाउनुभयो ।
सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा आफ्नो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि न्यूनतम पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास छ । कर्णाली प्रदेशस्थित स्वास्थ्यसम्बन्धी कार्यक्रममा स्वयंसेवीलाई सहभागिता गराउँदा न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको छ ।’
नेभाका तर्फबाट दिइएका सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वयंसेवीद्वारा प्रदान गरिने सेवालाई सहज मन्त्री भण्डारीको भनाइ छ ।
स्वयंसेवीले ६० वर्ष उमेर पुगेका स्वयंसेवीको जीवनलाई टेवा दिन प्रतिवर्षको ३० हजारका दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्चबापत २० हजार रुपैयाँ बराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदन बापत ७ हजार उपलब्ध गराउनुपर्ने लगायतका माग तथा सुझाव मन्त्रीसमक्ष पेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय