
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टी निलम्बित विन्दा पाण्डेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र एमालेको स्थायी कमिटीबाट निलम्बित पाण्डेबीच मगलबार करिब ४५ मिनेट भेटवार्ता भएको हो ।
सोमबार, अर्थात् नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्री ओलीले कतिपय नेताहरुलाई आफैंले फोन गरेर शुभकामना दिनुभएको थियो त्यही क्रममा ओलीको फोन उठाउनेमध्ये एक हुनुहुन्थ्यो पार्टी निलम्बित पाण्डे ।
ओलीले डायल गरेको वैशाख १ को फोनले पाण्डेलाई वैशाख २ अर्थात् भोलिपल्ट मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुर्यायो । पाण्डे दिउँसो १ बजे एक्लै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भेट्न पुग्नुभएको हो ।
‘६ महिना भइसक्यो, न निलम्बनकै चिठी पाइयो, न फुकुवाकै,’ पाण्डेले प्रधानमन्त्री ओलीसँग राखेको विषय सुनाउँदै एमाले स्रोतले भन्यो ।ओलीले अहिलेसम्म यसबारे जानकारी नगरिएकामा अनौठो मान्नुभयो । उहाँले पुरानो वर्षका तितामिठा विर्सेर पार्टी काममा लाग्न आग्रह गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा