
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेको दाबी गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले मंगलबार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभामा यस्तो दाबी गर्नुभएको हो ।
आफूले भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको भन्दै केही ऐतिहासिक निर्णय समेत गरेको दाहालको भनाई छ । ‘मेरो कार्यकालमा छिमेकी हिन्दुस्तान र चाइनासँग राम्रो सन्तुलित सम्बन्ध विस्तार भयो, थुप्रै महत्त्वपूर्ण र ऐतिहासिक निर्णय पनि भए’ सभामा उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय क्षेत्रमा चाहे त्यो संयुक्त राष्ट्रसंघको कुरा गरौं, चाहे जलवायु परिवर्तनको कुरा गरौं, चाहे अन्तर्राष्ट्रिय सम्मेलनको कुरा गरौं हामीले नेपाल र नेपालीको पक्षमा र त्यतिबेला नेपाल ४७ देशको अध्यक्षको भूमिकामा थियो । मैले ४७ देशको अध्यक्षको नाताले पनि सबै गरिब देशको समस्यालाई राष्ट्रसंघमा राख्ने र नेपाली जनताको इज्जत र प्रतिष्ठालाई उठाउने काम भएको थियो ।’
राम्रो काम गर्दागर्दै बिचौलियाले आफू नेतृत्वको सरकार ढालेको दाहालको दुखेसो छ । ‘यसरी भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारी, बिचौलिया र दलालहरूबाट बाहिर जान बाध्य पारियो’ उहाँले भन्नुभयो– ‘तपाईं, हामी एकजुट भएर अघि बढ्यौँ भने भ्रष्टाचारीलाई यो देशबाट निर्मुल गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा