
काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाइ हराउदै विजयी भएको छ ।
मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई ७० रनले पराजित गर्दै प्रतियोगितामा नवाैँ जित दर्ता गराएको छ । यस जितसँगै पुलिसले ९ खेलबाट १८ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा छ । समान नौ खेल नै खेलको त्रिभुवन आर्मी क्लब १४ अकका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । यही माघ २० गते हुने फाइनल खेलमा पुलिस र आर्मी प्रतिस्पर्धा गर्नेछन् ।
सुरुवाती ब्याटिङ गरेको पुलिसले एक सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा सुदुरपश्चिम ३७ दशमवल १ ओभरमा सबै विकेट गुमाउदै एक सय २० रनमा समेटियो । सुदुरपश्चिमा गजेन्द्र बोहराले सर्वाधिक ३० रन बनाए भने किरण ठगुन्नाले २४ रन जोडे । त्यसैगरी नरेन साउदले २४ रन बनाएका थिए ।
बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरीले सात विकेट लिए भने ललित भण्डारी, सागर ढकाल र ललित राजवंशीले समान एक/एक विकेट लिएका थिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै एक सय ९८ रनको योगफल बनाएको थियो ।
पुलिसका लागि शङ्कर रानाले सर्बाधिक ४६ रनको योगदान दिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाएभने अर्जुन साउदले ३२ तथा आरिफ सेखले २६ रन जोडेका थिए । सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए भने नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान दुई दुई विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए