
काठमाडौँ । आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता २०२४ मा नेपालले शुक्रबार आफ्नो अन्तिम खेल भारतसंग खेल्दैछ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बुधबार बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो।
यसअघि नै सेमिफाइनलको दौडबाट बाहिरिएको नेपालका लागि भारतविरुद्धको खेल केवल प्रतिष्ठाको खेल हुनेछ ।
यस्तो छ नेपाल र भारतबीचको हेड टु हेड
दुई महिनाअघि दुबईमा भएको एसिया कपमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो। सो खेलमा निकै नै कमजोर ब्याटिङ गर्दै नेपाल जम्मा ५२ रनमै अलआउट भएको थियो ।
विश्वकपमाको इतिहासमा भने नेपालले भारतसँग तेस्रो पटक खेल्न लागेको हो। यसअघि खेलेका दुवै खेलमा नेपाल भारतसंग पराजित भएको थियो।
सन् २००० मा कोलम्बोमा नेपाल र भारत यू-१९ विश्वकप खेलेका थिए। पहिले ब्याटिङ गरेर १०१ रन बनाएको नेपालका लागि सन्दीप श्रेष्ठले सबैभन्दा बढी २९ रन जोडेका थिए। बलिङमा भारतका युवराज सिंहले ४ विकेट लिएका थिए।
१०२ रनको लक्ष्य भारतले २ विकेटको क्षतिमा पूरा गर्दै ८ विकेटको जित निकालेको थियो।
नेपालका विनोद दासले भारतका ओपनर मनिष शर्मालाई गोल्डन डकआउट गरेका थिए भने अर्का ओपनर रवनित रिकीलाई पारस लुनियाले ३५ रनमा आउट गरेका थिए। तर कप्तान मोहमद कैफले नटआउट ५७ रन जोडेपछि भारतले नेपालमाथि सजिलै जित निकालेको थियो।
त्यसपछि सन् २०१६ को विश्वकपमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । बंगलादेशमा भएको उक्त खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १६९ रन जोडेको थियो ।
नेपालका लागि ओपनर सन्दीप सुनारले ३७ रन, आरिफ शेखले २६ रन, राजविर सिंहले ३५ रन र प्रेम तामाङले नटआउट २९ रन जोडेका थिए।
बलिङमा भारतका आवेस खानले ३ विकेट लिदा मंयक डागर र वासिङटन सुन्दरले २-२ विकेट लिएका थिए । १७० रनको लक्ष्य भारतले १८.१ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्दै ७ विकेटको जित निकालेको थियो ।
भारतका लागि ओपनरद्वय रिशव पन्तले ७८ रन र कप्तान इशान किसनले ५२ रन जोडेका थिए। पन्तलाई प्रेम तामाङले बोल्ड गर्दा सन्दीप लामिछानेले इशानलाई सुनील धमलाबाट क्याच गराएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना