
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीजरल्यान्डका राजदूत डा डनिएल्ले मोन्टेलियोन म्याउलीबीच भेटवार्ता भएको छ ।
आज भएको भेटवार्तामा उहाँहरुबीच कोशी प्रदेशको विकास र समृद्धि एवं दुई पक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभएको छ । स्वीजरल्यान्डका राजदूत डा म्याउलीले प्रदेश सरकारले पर्यटनमार्फत आर्थिक समृद्धिका निम्ति देखाएको अग्रसरता प्रशंसनीय रहेको बताउँदै पर्यटन प्रवर्द्धनको काम गर्न स्वीजरल्यान्ड तयार रहेको जानकारी दिनुभयो ।
उहाँले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनले लगानीमैत्री वातावरण सिर्जना गर्ने साथै रोजगार प्रवर्द्धन गर्ने आशा व्यक्त गर्नुभयो । नेपालसँगको दौत्य सम्बन्ध लामो रहेको चर्चा गर्दै उहाँले सङ्घीयतापछि पहिलो पटक कोशी प्रदेश सरकारसँग सहकार्य गरेर आगाडि बढ्न पाएकामा खुशी पनि व्यक्त गर्नुभयो ।
राजदूत म्याउलीले शासकीय सुधार, सुशासन प्रवर्द्धन र प्रविधिमैत्री कोशी प्रदेश निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको नेतृत्वसँग काम गर्न सहजता भएको उल्लेख गर्नुभयो । प्रदेश सरकारको लक्ष्य र उद्देश्य एवं प्राथमिकताप्रति उहाँले प्रशंसा गर्नुभयो ।
त्यस अवसरमा राजदूत म्याउलीले निजी क्षेत्रको सहकार्य वृद्धि, व्यावसायिक सीपको प्रवर्द्धन र पर्यटनको विभित्र योजनामा सहयोग गर्ने वचन दिनुभयो । भेटमा मुख्यमन्त्री कार्कीले प्रदेशले आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रमा काम गरिरहेको चर्चा गर्दै स्वीस सरकारले पदमार्ग, आर्थिक समृद्धि सुशासन, शासकीय सुधारमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले राजस्व वृद्धि गर्ने गरी काम गर्न शुरु गरिएको र यसले प्रदेशको विकासमा स्रोत जुटाउनको लागि सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले गरेको सुशासनका कार्यसँगै विकास निर्माण र पर्यटन क्षेत्रमा सहयोग गर्न स्वीस राजदूतलाई आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
- सिंहदरबार आसपास प्रहरीको ब्यारिकेड, सवारी संचालनमा पूर्ण रोक
- अध्यक्षसहितका नेताहरु पक्राउ परेपछि राप्रपाद्वारा आकस्मिक बैठक आव्हान
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती