
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय ९९ रनको चुनौती दिएको छ ।
मूलपानी क्रिकेटमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनको योगफल बनायो । उसका लागि शङ्कर रानाले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए । त्यस्तै अर्जुन साउदले ३२ तथा आरिफ सेखले २६ रन जोडे ।
सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए भने नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान दुई दुई विकेट लिए । दीपक चन्दले एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध