
काठमाडौँ । माघ २२ गते देशभर चलचित्र हल बन्द गरिने भएको छ ।
चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा माघ २२ गते सोमबार देशभरका चलचित्र हल बन्द गर्न लागेको हो ।
सङ्घका महासचिव नरेन्द्र महर्जनले मूल्य अभिवृद्धि बाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै आन्दोलन स्वरूप एक दिन नेपालभर कुनै पनि चलचित्र भवन सञ्चालन नगर्ने निर्णय गरिएको बताउनुभयो । ‘विभिन्न करका नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य भएका छौँ । हाम्रो व्यवसाय नहुँदा हामीलाई अप्ठ्यारो परेको छ’ महासचिव महर्जनले भन्नुभयो– ‘मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन करलगायत विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा यस्तो निर्णय लिन बाध्य भएका हौँ ।’
उहाँले देशभर एक सय ५० चलचित्र भवन मात्र सञ्चालनमा रहेको बताउँदै यो सङ्ख्या अझै घट्दो रहेको जानकारी दिनुभयो । थपिएको करले व्यवसाय सञ्चालन गर्न गाह्रो भएको चलचित्र व्यवसायीको गुनासो छ ।
अहिले नेपाली चलचित्र प्रदर्शन भएबापत स्थानीय मनोरञ्जन कर बापत पाँच प्रतिशत, मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत गरी १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । विदेशी चलचित्र प्रदर्शन भएबापत यसमा १५ प्रतिशत चलचित्र विकास शुल्क थपिएर ३३ प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध