
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हामीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदको बलिदानको प्रतिफल भएको बताउनुभएको छ ।
शहीद दिवस २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले शहीदको बदिलानकै कारण स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको स्वतन्त्र नागरिकका रूपमा उँचो शिर लिएर बाँच्न पाएको उल्लेख गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले शहीदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ सबै अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धान्जली हुने बताउनुभयो ।
निरङ्कुस र तानाशाही शासन व्यवस्थाको स्मरण गर्नुहुँदै उहाँले पहिलाका दिनमा हामी ‘नागरिक’ हैन ‘रैती’को रूपमा शिर झुकाएर बाँच्न विवश भएको उल्लेख गर्नुभयो । “नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् सहिदह धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, जारी शुभकामना सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आ–आफ्नो तर्फबाट इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना
- तीन दिनभित्र शिक्षकहरुलाई काममा फर्किने वातावरण बनाउनु
- कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा
- युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
- भारतलाई पाकिस्तानको कडा प्रत्युत्तर
- आवासीय चिकित्सकले भने - आन्दोलन रोकिदैन