
मोरङ। नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिका हुँदै विराटनगर आइपुगेको छ । शनिबार झापाबाट अभियानको सुरुआतका क्रममा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सांसद प्रदीप पौडेल पनि सहभागी रहनुभएको थियो ।
उक्त अभियानमा आज नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली लगायतको सहभागिका रहेको छ । यो अभियानबाट पार्टीको आसन्न महासमिति बैठकलगायत पार्टीको नीतिनिर्माणका क्रममा नीतिगत मार्गदर्शन प्राप्त हुने बताइएको छ । यस अभियानमा औपचारिक आसन ग्रहण र मन्तव्यलगायत कार्यक्रमहरू छैनन् भने सुरुमै पार्टीको वर्तमान अवस्था र अब गर्नुपर्ने कामका लागि सुझाव माग गरिएको छ ।
आजको मोरङको कार्यक्रममा पनि महामन्त्री थापाले सबै कार्यकर्ता तथा स्थानीय नेताहरुलाई पार्टीका लागि आवश्यक सुझाव दिन र आफ्ना समस्या र गुनासाहरु खुलेरै राख्न आग्रह गर्नुभएको थियो । उहाँले अब पार्टीलाई समुदायस्तरमा नभएर प्रत्येक नेपालीका घरघरसम्म पुर्याउने अभियान सञ्चालन गर्न सबैसँग आग्रह गर्नुभएको थियो ।
यस अभियानमा खटिएका नेताहरुले बोल्नेभन्दा पनि स्थानीयका गुनासा सुन्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका महासमिति सदस्य सुयर्माराज राईले बताउनुभयो । यो अभियान निकै प्रभावकारी रहेको पनि राईले दाबी गर्नुभयो ।
केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै छ हजार सात सय ४३ वटै वडामा प्रतिनिधि खटिने र अभियान माघ २६ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध