
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयानले शिष्टाचार भेट गर्नुभएको छ ।
उपमन्त्री हेयानले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर भेटवार्ता गर्नुभएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, नेकपा (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउनका लागि आपसी अन्तरक्रिया, सांस्कृतिक आदानप्रदान, भ्रमण गर्नेलगायतका विषयमा छलफल भएको छ ।
यसैबीच उपमन्त्री हेयानले सम्मानित नेता झलनाथ खनाललगायत नेतालाई भेट्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति