
चितवन । मैयाँदेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गरेको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा १६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ५७ रन बनायो । गण्डकीले ५८ रनको विजयी लक्ष्य १० दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो । गण्डकीका लागि सिमाना केसीले अविजित २० रन बनाइन् । यस्तै श्रेया शाहीले चार तथा सेरिना थापाले पाँच रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी अनु कडायत र जानकी थापाले एक एक विकेट लिइन् ।
यसअघि सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा सावित्री धामीले १२, अनु कडायतले चार तथा मनिषा बोहरा र रविना साउदले तीन÷तीन रन बनाए । बलिङतर्फ गण्डकीकी निरुता जिटीले चार, ज्योत्सिनिका मरासिननीले दुई तथा आकृती तिवारी र सिमाना केसीले एक एक विकेट लिए । प्लेयर आफ दी म्याच गण्डकीकी निरुता जिटी घोषित भइन् । शनिबार पहिलो खेल गण्डकी प्रदेश र कोशी प्रदेशबीच बिहान ९ः०० बजे तथा दोस्रो खेल मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच दिउँसो १ः०० बजे हुने प्रतियोगिताका संयोजक बचन कार्कीले जानकारी दिए ।
यसअघि चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक कार्यक्रमबीच उद्घाटन गरेकी थिइन् । क्रिकेट खेलाडी उत्पादन गर्नका लागि महानगरले नगर क्षेत्रका विद्यालयलाई समेटेर तीन महिने लिग प्रतियोगिता आयोजना गर्न लागेको उने जानकारी दिइन् । रङ्गशाला निर्माणका लागि तीनै तहको सरकारले अपनत्व लिने गरी काम भइरहेको उनको भनाई छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाललाई विश्वकप खेल्न सक्ने गरी खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताको खाँचो रहेको बताए । उद्घाटन कार्यक्रममा नेपाल लोकतान्त्रीक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन, मैयाँदेवी ट्रष्टका महासचिव टङ्कनाथ पौडेललगायतले आफ्नो भनाइ राखेका थिए ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा शुरु भएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागीता रहेको छ । विजेतालाई एक लाख ८५ हजार तथा उपविजेतालाई एक लाख ७९ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका निर्देशक अनिल अधिकारीले जानकारी दिए । प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन दिनभित्र शिक्षकहरुलाई काममा फर्किने वातावरण बनाउनु
- कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा
- युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
- भारतलाई पाकिस्तानको कडा प्रत्युत्तर
- आवासीय चिकित्सकले भने - आन्दोलन रोकिदैन
- शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना