
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताउनुभएको छ ।
पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि शुरु भएको २०औँ राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना र प्रविधिको तीव्र गतिमा विकास भइरहेको हुँदा त्यसको प्रयोग मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिनुभयो ।
‘साइबर सुरक्षा नीति २०८० पारित भएको छ, सूचना र प्रविधिको क्षेत्रमा कतिपय कानुन छैनन’ मन्त्री शर्माले भन्नभयो– ‘सरकारले सूचना र प्रविधिको क्षेत्रमा आवश्यक कानुन बनाउने छ, सूचना प्रविधिको विकासले देशलाई आत्मनिर्भर बनाउनुपर्छ ।’
मन्त्री शर्माले गुणात्मक शिक्षा र प्रविधिसम्बन्धी शिक्षाका लागि सरकारले सदा सहयोग गर्ने जानकारी दिँदै नेपाल सरकार प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने विषयमा समेतको लागिरहेको स्पष्ट पार्नुभयो । इन्जिनियरिङ क्षेत्रमा यो क्याम्पस आफैँमा ‘ब्रान्ड’ भएकाले विश्वमा विज्ञता हासिल गरेपछि देशको विकासमा ध्यान दिन उहाँको आग्रह थियोे ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले पढ्ने मात्रै नभएर सीपमा ढाल्ने अन्तर्राष्ट्रियस्तरमै अभियान चलेको र विद्यार्थीले आफैँले प्राविधिक प्रदर्शनी गर्नु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले प्रविधिको विकासमा लागि र त्यसको प्रयोग महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
इन्जिनियर क्याम्पसका डीन शशिधरराम जोशीले इन्जिनियरिङ अध्ययन गर्ने उत्कृष्ट संस्था भएको र राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने भएको बताउनुभयो ।
क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्यले क्याम्पसले प्रदर्शनी २ दिनसम्म प्रदर्शनी चल्ने जानकारी दिनभयो । प्रदर्शनीमा सूचना प्रविधिको माध्यमबाट पर्यटन, कृषि, स्वास्थ, नयाँ सूचना प्रविधि सम्बन्धी सामग्री राखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध