
दाङ । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको छ । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी हुनुभएको हो ।
आज भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई हराउँदै गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएका सुवेदी र सापकोटा विजयी हुनुभएको हो । निर्वाचनमा सुवेदीले पाँच हजार चार सय ३५ र सापकोटाले पाँच हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवार केसीले दुई हजार आठ सय ६७ मतभार र घर्ती क्षेत्रीले तीन हजार ३९ मतभार प्राप्त गर्नुभएको थियो ।
महिला कोटामा राप्रपाबाट उम्मेदवार बन्नुभएकी विजयालक्ष्मी सिंह दुई सय ५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले दुई सय ५० मतभार प्राप्त गर्नुभएको थियो । आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको तीन सय पाँच मतमध्ये तीन सय तीन मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति