
काठमाडौँ । गठबन्धन सरकारले स्वास्थ्य बीमामा यस अघि दिइएको सुविधा कटौती गरेको छ । स्वास्थ्य बीमा गरेकाहरुलाई विभिन्न प्रकारका उपचारमा सरकारी अस्पतालमा दिइने सुविधा १० प्रतिशतले कटौती भएको छ । स्वास्थ्य बीमा सुविधा सरकारले माघ १ गतेदेखि लागू हुने गरी १० प्रतिशतले कटौती गरेको हो ।
मुटु उपचारको लागि केही दिनअघि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,बाँसबारी पुगेका नवलपरासी बर्दघाटका खुमाकान्त न्यौपानेले स्वास्थ्य बीमा सुविधा बाहिर प्रचार गरिए जस्तो सहज नभएको बताउनुभयो । ७५ वर्ष उमेर माथि जेष्ठ नागरिक र १४ वर्ष मुनिका बालबालिका मुटु उपचार निःशुल्क रुपमा हुने व्यवस्था छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विपन्नले समेत औषधि बाहेक उपचारमा पैसा नलाग्ने व्यवस्था छ । तर स्वास्थ्य बीमा गरेकाहरुलाई भने उपचारमा त्यो सुविधा लिन झण्झटिलो बनाइएको छ ।
न्यौपानले मुटु उपचार गर्ने क्रममा आफूले विपन्नतर्फको सुविधा लिन खोज्दा अस्पतालको सम्बन्धित फाँटका कर्मचारीले ‘तपाईले विपन्नको कागजात ल्याउनु पर्दैन, बीमाले नै सबै उपचार कभर गर्छ भनेको र उपचार सकिएपछि पैसा तिर्नुपरेको बताउनुभयो । न्यौपानेका अनुसार स्वास्थ्य बीमा गर्दा १ लाख रुपैयाँसम्म उपचारमा अस्पतालमा अप्रेशन लगायतका पैसा नलाग्ने र केही औषधि समेत पाइने भनिएको थियो । न्यौपानेलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटु उपचार गर्दा औषधि बाहेक ६५ हजार खर्च देखाइयो । अस्पतालले त्यस मध्ये बीमाबाट ४५ हजार रुपैयाँ मात्रै भुक्तानी हुने र त्यसमा पनि १० प्रतिशत बिरामी आफैले व्यहोर्नुपर्ने भन्दै २५ हजार रुपैयाँ तिराएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति