
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार आज दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उक्त खेलमा टस जिती पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रनमात्र बनाउन सकेको थियो । उक्त खेलमा नेपाली बलरले न्युजिल्यान्डका स्नेहिथ रेड्डी र कप्तान ओस्कर ज्याक्सनको साझेदारी तोड्न नसक्नु नै हारको प्रमुख कारण बनेको थियो ।
न्युजिल्यान्डका लागि रेड्डीले अविजित एक सय ४७ र कप्तान ज्याक्सनले ७५ रन बनाएका थिए । जवाफी ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन कुमालले ९० रन बनाएका थिए । तर, अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन सकेनन् । नेपालका लागि कप्तान देव खनालले ३६ र तल्लो क्रमका ब्याट्सम्यान सुवास भण्डारीले अविजित ३३ रन बनाएका थिए ।
यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको छ । सन् २००२ को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । त्यही विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।
त्यो विश्वकपको समूहगत चरणको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । त्यो विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाललाई जिम्बाबेले एक सय ३७ रनले हराएको थियो । त्यसअघि नेपालले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशलाई २३ रनले पराजित गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा छन् ।
नेपाली टोलीमा उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द रहेका छन् । यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यसपटक प्रतियोगितामा १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति