+

सभापति लामिछानेविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी दर्ता भएको छ । लामिछाने सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमै उहाँ विरुद्ध उजुरी दर्ता भएको हो । 

सांसद लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले दिएको उजुरी मंगलबार समितिमा दर्ता गरिएको छ । उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाउनु भएको छ । सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारलाई आधार मानेर सफलले उजुरी दर्ता गराउनु भएको हो । 

संसदीय समितिमा दर्ता भएको उक्त उजुरी सभामुख देवराज घिमिरेको सचिवालयमा पनि दर्ता गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै