
तेह्रथुम । सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आज तेह्रथुम जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका साथै विभिन्न कार्यालयका प्रमुखसँगका बैठकमा मन्त्री गुरुङले कार्यालयहरुले प्रवाह गर्ने सेवा छिटोछरितो र सहज बनाउन निर्देशन दिनुभयो ।
मन्त्री गुरुङले जिल्लाका राजनीतिक दलका प्रमुखसँग जिल्लाको समग्र विकासबारे छलफल गर्नुभयो । सहरी विकास मन्त्रालयमार्फत निर्माण हुन लागेको आठराई गाउँपालिकाको शीत भण्डार, महिला सामुदायिक भवन, म्याङलुङको मिनि मार्केट, आठराई गाउँपालिका–९ को वडा कार्यालयको प्रशासनिक भवन शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नुभयो ।
मन्त्री गुरुङले आजै लालिगुराँस नगरपालिकामा भइरहेको उद्यौली उभौली मेलाको पनि उद्घाटन गर्नुभयो । मन्त्री गुरुङलाई लालीगुराँस नगरपालिकाको वसन्तपुरमा स्थानीयले सांस्कृतिक च्याब्रुङ नाच (केलाङ),झाक्री नाच (येवा लाङ), नौमती बाजासहित स्वागत गरेका छन् । लालीगुराँस नगरपालिकाको वसन्तपुरमा निर्माण हुन लागेको मिनिमार्केट र प्रशासनिक भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव हेमन्त गुरुङले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति