
काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले १६औँ आवधिक योजना तर्जुमाका सन्दर्भमा राष्ट्रिय योजनाका पदाधिकारीसँग छलफल गर्नुभएको छ । आज रक्षामन्त्रालयमा भएको छलफलमा योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवलगायतसँग आगामी आवधिक योजना तर्जुमाबारे उपप्रधानमन्त्री खड्काले छलफल गर्नुभएको उहाँकाे सचिवालयले जनाएकाे छ ।
उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् तिनको समस्या पत्ता लगाइ समाधानका उपायसहित १६औँ योजनाका तर्जुमा गर्न सुझाव दिनुभयो । उहाँले आवधिक योजनामा प्रदेशका समस्या, विकास निर्माणमा प्रदेशपछि पर्नुको कारण पनि पहिल्याउन सुझाव दिनुभएको छ । उहाँले योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभुति गर्ने र व्यवहारमा लागू हुने गरी बनाउनुपर्नेमा जोड दिनुभयो ।
“योजना तर्जुमा गर्दा मुलुकको भूगोल र पर्यावरणलाई ध्यान दिनु जरुरी हुन्छ, कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता हुने विषयलाई प्राथमिकतामा राख्नुहोला”, उहाँले भन्नुभयो ।
विकास निर्माणका क्रममा देखा परेका समस्या र तिनको समाधानसहितको कार्ययोजना तर्जुमा आवश्यक रहेको उहाँको भनाइ थियो । लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ति र रुख कटानको समस्या सम्बोधन हुने गरी योजना बनाउनुपर्नेमा उहाँको जोड थियो ।
“कुनै पनि योजना बनाउँदा जनताले दैनिक पमा बेहोरिरहेका समस्या समाधान हुने र जनताले पाउने सेवाप्रवाह थप सहज हुने गरी बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “साथै योजना कार्यान्वयन योग्य पनि हुनुपर्छ ।”
उपप्रधानमन्त्री खड्कासँगको छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य डा. अनिता शाह ढुङ्गाना, सदस्यसचिव डा. तोयानारायण ज्ञवाली, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव ज्ञानेन्द्र पौडेलगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति