+

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा सुदूरपश्चिम पराजित

काठमाडौँ ।  प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबारको खेलमा मधेसले सुदूरपश्चिमलाई ८० रनले पराजित गरेको हो । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । जिसँगै प्रतियोगितामा चौथो जित हासिल गरेको मधेसले आठ अङ्क जोडेको छ । छ खेलमा आठ अङ्क जोड्दै मधेस प्रदेश तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै चार खेलमा तीन जित र एक खेलमा हार बेहोर्दै सुदुरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ । 

मधेस प्रदेशले प्रस्तुत गरेको ३ सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४ दशमलव ५ ओभरमा सवै विकेट गुमाउदै २ सय ३९ रनमा समेटियो । सुदूरपश्चिमका लागि नरेन भट्टले १ सय २२ बलमा १३ चौका र एक छक्काको मद्दतमा १  सय २१ रन बनाए । यसैगरी नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहराले १४ तथा गजेन्द्र बोहराले १२ रन बनाए ।  मधेसका लागि राजेश यादव र प्रदीप पासवानले समान ३ विकेट लिए भने  रञ्जित कुमारले २ तथा कप्तान हरिशङ्कर शाह र पवन सराफले समान १, १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १९ रन बनाएको थियो । मधेसका लागि मायन यादवले १ सय २८ बलमा ८ चौका र २ छक्काको सहयोगमा १ सय १५ रनको योगदान दिए ।  पवन सर्राफले ६३ बलमा ४ चौका र ४  छक्काको मद्दतमा ७० रन बनाए । अनिल शाहले ७० बलमा ६ चौका र २ छक्काको मद्दतले ६९ रनको योगदान गरे ।  रुपेश सिंहले २१, अविशेक तिवारीले १६ तथा हरिशंकर शाहले १४ रन बनाए ।

सुदूरपश्चिमका लागि शेर मल्लले चार विकेट लिए । विकाश आग्रीले २ तथा नारायण जोशी र गजेन्द्र बोहराले समान १, १ विकेट झारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट