
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीद्वारा मानवीय सेवाकार्यसँग सम्बन्धित खोज र अनुसन्धानमा क्रियाशील पत्रकारका लागि सञ्चालित मानवीय पक्षको रिपोर्टिङसम्बन्धी तीनदिने प्रशिक्षण काभ्रेको बनेपा बुडोलमा सम्पन्न भएको छ ।
पुस ७ गतेदेखि सञ्चालन भएको सो तालिममा वरिष्ठ पत्रकारद्वय जगत नेपाल र लक्ष्मण दत्त पन्त, विज्ञ कृष्ण चालिसे, नेपाल रेडक्रसको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपाने र उपनिर्देशक शिवराम गौतमले सहजीकरण गर्नुभएको थियो ।
उहाँहरूले रेडक्रस अभियान, नेपाल रेडक्रस सोसाइटी इतिहास, साङ्गठनिक संरचना र गतिविधिहरू, अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवीय मूल्य प्रवर्द्धन, मानवीय कूटनीति, विपद्का समयमा गरिने मानवीय रिपोर्टिङ, आमसञ्चार, जोखिम सञ्चार र आचार संहितालगायत विषयहरूमा सहजीकरण गर्नुभएको थियो । तालिमका क्रममा नेपाल रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले रेडक्रसद्वारा सञ्चालित मानवीय सेवाका गतिविधिका प्रचारप्रसारमा पुर्याइएको सहयोग र योगदानको प्रशंसा गर्दै यस तालिमबाट सहभागीलाई मानवीय गतिविधिको रिपोर्टिङका क्रममा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
रेडक्रसका निर्देशक न्यौपानेले रेडक्रसका मानवीय गतिविधिहरूलाई बुझाउने, प्रचारप्रसार गर्ने र यसका कार्यहरूलाई सरकारलगायत अन्य निकायहरूलाई सहमत गराई गतिविधिको पहुँच बढाउने कार्यमा मानवीय कूटनीतिबाट सहयोग पुग्ने बताउनुभयो । तालिममा समाचार समिति, पत्रिका, अनलाइन, टेलिभिजन र एफएम रेडियोका २३ पत्रकारको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति