
काठमाडौँ । सांसदहरुले सुपारीखेती प्रवर्द्धनमार्फत निकासा बढाउन आवश्यक रहेकामा जोड दिनुभएको छ । आज राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उहाँहरुले सुपारी निकासा बढाउन उत्पादन पनि वृद्धि हुनुपर्नेमा जोड दिनुभएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजस्वले गुट्काबाट १० अर्ब रुपैयाँको राजस्व सङ्कलन भएको उल्लेख गर्दै सुपारीबाट पनि राजस्व बढाउनसक्ने धारणा राख्नुभयो । ‘चालु आर्थिक वर्षमा पनि सुपारी प्रशोधनका लागि झापामा ३ करोड रुपैयाँ विनियोजन गरेका छौँ । अहिले सुपारी तेस्रो मुलुकबाट आयात भइरहेको छ’ उहाँले भन्नुभयो –नेपालमा उत्पादित सुपारीलाई आन्तरिक खपत बढाउनुपर्छ भनेका छौँ ।’
केराउ र मरिच आयात अनुमति नदिए पनि आयात आइरहेको उहाँले दाबी गर्नुभयो । ‘मरिच र केराउ हामी सबैको भान्सामा प्रयोग हुन्छ तर वैधानिक बाटोबाट आइरहेको छैन’ मन्त्री भण्डारीले भन्नुभयो – ‘अब स्वदेशमा नै यी खाद्य वस्तुको उत्पादन बढाउन सकिन्छ ।’
समिति सभापति कमला पन्तले आफ्नो उत्पादन आफैँले खपत गर्नुपर्ने र खपत हुन नसकेमा निर्यातका लागि पहल गर्नुुपर्नेमा जोड दिनुभएको छ । ‘किसानले उत्पादन गरेका वस्तुको सहज बजारीकरण गर्नुपर्छ । आन्तरिक खपत भए त्यसैमा प्रवद्र्धन गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
सांसद बामदेव गौतमले चोरी निकासी रोक्नका लागि नेपालले खुला सिमाना बन्द गर्नुपर्ने र भिसा प्रस्ताव गर्नुपर्ने बताउनुभएको छ । सांसद उर्मिला अर्यालले पनि सुपारी निकासा हुनुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले सुपारीकै विषयमा पटक–पटक छलफल गर्नु उपयुक्त नरहेको भन्दै सुपारीको डिएन परीक्षणका लागि ल्याव स्थापना गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले सुपारी निर्यातबाट मुलुकको राजस्व बढाउन सकिने धारणा राख्नुभयो ।
सांसद भवनबहादुर सुनुवारले कृषि र उद्योग मन्त्रालयको समन्वयमा सुपारी निर्यातको सम्भावना पहिल्याउन आवश्यक रहेको बताउनुभएको छ । सांसद डा अञ्जान शाक्यले सुपारीको डिएनए टेष्ट गर्न सकिने भन्दै कहिले गर्ने भन्ने समय तोक्नुपर्ने बताउनुभएको छ । ‘नेपालको उत्पादनलाई जोड दिने हो भने १५ जिल्लामा सुपारी उत्पादनको सम्भावना छ । गणस्तर उत्पादन बढाउन सकेमा निर्यात सम्भावना छ’ उहाँले भन्नुभयो ।
सांसद झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको विषयमा विस्तृत रुपमा छलफल आवश्यक भएको बताउनुभयो । ‘एउटै विषयमा छलफल धेरै भयो । पटक–पटक छलफल गरिरहनुभन्दा गहन रुपमा छलफल गरेर टुङ्गोमा पुग्नुपर्छ’ उहाँले भन्नुभयो –डिएनए परीक्षण नगरिकन सुपारी निकासा मिल्दैन भने सो अनुसार निर्णय टुङ्गोमा पुर्याउनुपर्छ ।’
सांसद सावित्री मल्लले सुपारी उत्पादन चारवटा जिल्लामा मात्रै हुने गरेको उल्लेख गर्दै अन्य १० जिल्लामा सुपारी उत्पादनलाई प्रथामिकता दिन आवश्यक भएको बताउनुभएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले तेस्रो मुलुकमा सुपारी निर्यात बढाउनका लागि डिएन टेष्ट र गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु