
काठमाडौँ । यू–१६ टोलीसँगको मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा भूटानले नेपालमाथि ५–१ को जित निकालेको हो ।
भूटानले खेलको पहिलो ‘हाफ’ मा नै ३–० गोलको अग्रता लियो । यस्तै, खेलको दोस्रो ‘हाफ’मा भूटानले फेरि दुई गोल थप्यो ।
नेपालले भने खेलको अन्तिमतिर एक सान्त्वना गोल फर्कायो । खेलको २५औँ मिनेटमा भूटानकी सोनाम छोगेलले गोल गरिन् । त्यसपछि भूटानका लागि कप्तान छिरिङ ल्हामोले खेलको ३५ र ४०औँ मिनेटमा दुई गोल गरिन् । खेलको ६६औँ मिनेटमा छोगेलले दोस्रो गोल गरिन् । खेलको ८४औँ मिनेटमा उगेन सोमोले पेनाल्टीमा गोल गरिन् ।
नेपालका लागि सविना तामाङले खेलको ८७औँ मिनेटमा सान्त्वना गोल फर्काइन् । अब नेपाली यू–१९ टोलीले पुस ७ गते आइतबार भूटानी यू–१९ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति