
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभएको छ ।
पार्टीले समसामयिक विषयमा धारणा राख्न आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘सहकारी ठगीबाट लाखौँ जनता पीडित भएका छन्, थोरै पुँजी भएका जनताको थोरै–थोरै रकम सुरक्षाका लागि जम्मा गर्ने माध्यम सहकारी हो, तर यहाँ सहकारीका कारण अर्बौं रुपैयाँ अपचलन भएको छ, सत्यतथ्य छानबिन गरी कारबाही हुनुपर्छ ।’
‘धेरै सहकारीमा रकम अपचलन भएको छ, भ्रष्टाचार भएको छ, यसमा संलग्न जो भए पनि छानबिन हुनुपर्छ, सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ’ उहाँले भन्नुभयो– ‘लाखौँ जनताको बिचल्ली भएको छ, उहाँहरूलाई न्याय दिनुपर्छ ।’
यस्तै, उहाँले देशमा रोजगारीको अवसर नहुँदा विदेशिनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै आफ्नै देशमा रोजगारीको अवसर सृजना गर्नेतर्फ सरकार उद्यत हुनुपर्ने बताउनुभयो । सङ्घीयताले देशको अर्थतन्त्र कमजोर हुँदै गएको उहाँको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति