
काठमाडौँ । एसीसी महिला यू–१९ एशिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग नेपाल नौ विकेटले पराजित भएको हो ।
जितसँगै बङ्गलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको छ ।
आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
बङ्गालदेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन बनाइन । साथै सुमैया अख्तरले १० रन जोडिन । नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए । बङ्गलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एकएक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति