
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग जोड्न आफ्नो मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको बताउनुभएको छ ।
मन्त्रालयको संयोजन र खाद्य तथा कृषि सङ्गठनको सहयोगमा आज आयोजित राष्ट्रिय नीति संवादमा उहाँले वनसँग सम्बन्धित जनसरोकारका विषयमा बाधा बनेका ऐन कानुन संशोधन गरी जनतालाई समृद्धिसँग जोड्ने प्रयास भइरहेको बताउनुभयो ।
‘मुलुकाका सामुदायिक वन स्थानीय जनताको सहभागिता तथा सक्रियतामा व्यवस्थित हुनु हाम्रा लागि प्रेरणा हो’ मन्त्री शाहीले भन्नुभयो । उहाँले देशका २३ हजारभन्दा बढी सामुदायिक वन सम्पदाको सदुपयोगबाट स्थानीय समुदायलाई गरिबीबाट उठाउन मद्दत मिलेको बताउनुभयो ।
मन्त्री शाहीले वनको दिगो व्यवस्थापन, वनमा आधारित उद्यमको विकास, पर्या–पर्यटन प्रवद्र्धन, कार्बन व्यापारलगायत वनसम्बन्धी गतिविधि बढाएर समृद्धितर्फको यात्रालाई सहज बनाउन सक्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले सामुदायिक वनमा आश्रित महिला, आदिवासी, जनजाति, दलितलगायत सीमान्तकृत समूह र युवाको समानुपातिक सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति